१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने दलको कार्यालयले जनाएको छ। यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश केन्द्रीय सदस्य राजधानीबाहिर भएकाले बैठकै नबसी स्थगन गरिएको थियो।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो। यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरिसकेका छन्।

बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्षविपक्षमा तर्क राख्नुभएको थियो। केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नाका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ। रासस

प्रकाशित: ९ वैशाख २०७५ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App