coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ता

काठमाडौँ – पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार पनि गम्भीर छलफल भएको छ। 

पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पुर्‍याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो। 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले उनीहरुबीच गम्भीर र सकारात्मकरुपमा छलफल जारी रहेकाले दुवै पार्टीका नेता र कार्यकर्ताको अपेक्षाबमोजिम चाँडै निकास आउने संकेत देखिएको बताए। 

प्रकाशित: ७ वैशाख २०७५ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App