३० माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशी सरकारले छुट्टै राजस्व कार्यालय स्थापना गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छुट्टै राजस्व कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताएका छन्।

कोशी प्रदेश सभा स्थापनाको ७ औँ वार्षिकोत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले छुट्टै राजस्व कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए।

कार्यालयको नाम अहिलेसम्म नटुंगिएको भएपनि केही दिनमा नै राजश्व हेर्ने गरीको कार्यालय स्थापना गरिने उनको भनाइ थियो। सो कार्यालयले स्थानीय तहहरु र सङ्घीय संरचनाहरूसँग समन्वय गरेर राजश्व र करहरू व्यवस्थित गर्ने र बढाउने उनले स्पष्ट पारे।

मुख्यमन्त्री कार्कीले सङ्घीयताको पूर्णरुपमा कार्यान्वयन नभइसकेको बताए। ‘प्रशासनिक संघीयता, वित्तीय संघीयता र राजनीतिक सङ्घीयताले अझै पनि पूर्णता पाएको छैन’ मुख्यमन्त्री कार्कीले भने।

कार्यक्रममा उनले अझै पनि प्रशासनिक संरचना नबनिसकेको स्पष्ट पारे। प्रहरी समायोजन लगायतका कामहरु अझै बाँकी रहेको उनले बताए।

कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्मरबहादुर विष्टले प्रदेशसभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: २२ माघ २०८१ २०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App