नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले वरिष्ठ अधिवक्ता बन्ने समय थप्न नहुने बताएका छन्।
मङ्गलबार (आज) सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
'१५ वर्ष भनेको मामुली कुरा होइन। एउटा लयर बन्नका लागि उसले एएम पास गर्नुपर्छ, कानूनी रूपमा १५ वर्ष काम गर्नुपर्छ। अनि त्यो वरिष्ठ अधिवक्ता बन्छ। उसले लामो समय आफ्नो जीवन लगाएको हुन्छ। त्यस कुरालाई यो जति पनि सल्लाह दिने वरिष्ठ अधिवक्ताहरू हुनुहुन्छ, २०/२५ वर्ष पुर्याउनुपर्छ भन्नेहरू यो जम्मै वरिष्ठ अधिवक्ताहरूले दिएको सल्लाह हो। न्यायमा युवाहरूको पहुँचलाई रोक्ने यो कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन। विदेश पठाउने हो भने पठाइदिउँ, नभए रोक्ने काम नगरौँ। १५ वर्षै राखौँ,' उनले भने।
प्रकाशित: २२ माघ २०८१ १८:३५ मंगलबार