७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल–रुस परामर्श बैठक

काठमाडौं – नेपाल–रुसबीच द्विपक्षिय परामर्श बैठक काडमाडौंमा सम्पन्न भएको छ । बैठक परराष्ट्र मन्त्रालयमा मंगलबार भएको थियो।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालय युरोप अमेरिका महाशाखाका प्रमुख सहसचिव घनश्याम भण्डारीले गरेका थिए भने रुसको नेतृत्व रुसी विदेश मन्त्रालयको एसिया विभागका निर्देशक जमिर काबुलोभले गरेका थिए।

बैठकमा नेपाल र रुसबीचको सम्पूर्ण द्विपक्षिय सम्बन्धको समीक्षा गरिएको परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा दुवै पक्षले व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्राविधिक क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । सन् १९९५ मा नेपाल र रुसबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको थियो।

प्रकाशित: ५ वैशाख २०७५ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App