६ वैशाख २०८१ बिहीबार
राजनीति

सुरक्षाबारे सरकारको ध्यानाकर्षण

विराटनगर – शान्ति सुरक्षा खस्किँंदै गएकोभन्दै प्रदेश १ का प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्ने प्रदेशसभा सदस्यहरूले सरकारको निस्क्रियताले प्रदेश १ को शान्ति सुरक्षाको अवस्था खस्किंँदै गएको बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको निस्क्रियताले प्रदेशको शान्ति सुरक्षा खस्किएको बताए । कार्कीले वाम गठबन्धनको सरकार बनेपछि अपराधीहरू ‘हाम्रो सरकार आयो अब, सबै छुट हुन्छ’ भन्दै चम्किन थालेको आरोप लगाए । उनले भने, ‘सरकार बनेपछि अपराधी रमाउनु र प्रदेशमा अपराधिक गतिविधि बढ्नुले शान्ति सुरक्षामा गम्भीर प्रश्न उठेको छ।

’ विराटनगस्थित भारतीय दुतावासको क्याम्प अफिसमा सोमबार बेलुका बम विस्फोट गर्नेमाथि कारबाहीको दायरामा ल्याउन सरकारले प्रभावकारी कदम नचालेको कार्कीले आरोप लगाएका छन् । खुलेआम घटना हुनु र अपराधी कारबाहीको दायरामा नआउनुले सरकारको काममा आशंका पैदा गरेको कार्कीले बताए । सोमबार भएको बम विस्फोटमा विराटनगर–१२ स्थित भारतीय दूतावासको क्याम्प अफिसको कम्पाउण्ड वालमा सामान्य क्षति पुगेको थियो।

केही दिन पहिले विराटनगरमा पुराणवाचक श्रीनिवासाचार्यलाई हत्या गर्ने उद्देश्यले गोली हानिएको घटनामा संलग्नलाई अझै सार्वजनिक नगरेको विषयमा पनि कार्कीले सरकारको ध्यानकर्षण गराएका थिए।

‘सरकार बनेपछि अपराधी रमाउनु र प्रदेशमा अपराधिक गतिविधि बढ्नुले शान्ति सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।’
 

उदयपुरको त्रियुगामा बम विस्फोटमा परी घाइते भएका पारस राईको उपचारमा खर्च अभाव भए पछि समस्या भएको भन्दै कार्कीले सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारले कुनै अपराधिक घटना भए २० मिनेटमा प्रहरी पुग्ने घोषणा गरे पनि ओखलढुंगामा भएको एउटा घटनामा २० घण्टा पछि मात्रै प्रहरी पुगेको कार्कीले बताए । उनले भने‘सरकारले २० मिनेटमा प्रहरी पुग्ने घोषणा गरेपनि व्यवहारमा भने प्रहरी पुग्न २० घण्टा लाग्ने गरेको छ।’

कार्कीले शान्तिसुरक्षाको विषयलाई सरकारले हेलचक्राई गरिरहेको पनि आरोप लगाए । प्रदेशसभा भवनको सुरक्षामासमेत सरकारले हेलचक्राइँ गरिरहेको कार्कीको आरोप छ । प्रदेशसभा र जिसस एउटै भवनमा हु“दा सुरक्षा चुनौती थपिएको उनले बताए।

प्रदेशसभाको सुरक्षाका लागि तत्कालै प्रदेशसभा भवनको चारैतर्फ सुरक्षा पोष्ट राख्न र सिसिक्यामाराको व्यवस्था गर्न पनि कार्कीले माग गरे । संघियसमाजवादी फोरमका संसद जयराम यादवले शान्ति सुरक्षाका विषयमा सरकारले प्रयाप्त ध्यान नदिएको बताए । उनले भारतीय क्याम्प अफिसमा भएको आक्रमणमा संलग्नलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गरे।

यस्तै विराटनगरमा धर्मगुरुको हत्या प्रयासमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउने विषयमा भएको प्रगतिबारे आन्तरिक मामिला मन्त्रीको ध्यानाकर्षण गरे । प्रदेश सभाबैठकको शुन्य समयमा बोल्दै सांसद कुलप्रसाद साम्वाले ३३ किलो सुन काण्डमा संलग्नहरूलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गरे । उनले सनम शाक्य घटनामा प्रहरीका उच्च अधिकारी संलग्न भए पनि छानविन नभएको गुनासो गरे।

उनले भने, ‘सनम शाक्य हत्या काण्डमा प्रहरीका उच्च अधिकारीको संलग्नता भएको विषयमा छानबिन नै भएको छैन ।’ यस्तै मोरङको मिक्लाजुङ–७मा बलातकार पछि महिलाको हत्या भएको विषयमा पनि छानविन गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए।

सांसदले उठाएको प्रश्नको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिँदै प्रदेशका विभिन्न ठाउँमा भएका बम विस्फोट, व्यक्ति लक्षित आक्रमणप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । ३३ केजी सुन काण्ड र सनम शाक्यको हत्याको अनुसन्धान केन्द्रबाटै भइरहेको उनले जानकारी गराए । घटनासँग सम्बन्धित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र केही नियन्त्रणमा आउने क्रममा रहेको कार्कीले स्पष्ट पारे।

उनले भने‘ सनम शाक्य हत्याका विषयमा केन्द्रले अनुसन्धान गरिरहेको र घटनामा संलग्नहरू छिट्टै कानुनी दायरमा आउने मैले जानकारी पाएको छु ।’ यस्तै झपा विर्तामोडका सुन व्यवसायीको हत्यामा संलग्न पनि पक्राउ परिसकेको उनले जानकारी दिए । विराटनगरमा श्रीनिवासाचार्यलाई गोली प्रहार गरिएको घटनामा हालसम्म प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कार्कीले बताए।

यस्तै सोमबार वेलुका विराटनगर–१३ स्थित भारतीय क्याम्प अफिसमा मोटरसाइकलमा आएका दुई जनाले केही सामान छाडेर भागेको र लगत्तै बम विस्फोट भएको कार्कीले संसदलाई जनाकारी दिए । विप्लव समूहले मंगलबार आह्वान गरेको बन्दलाई सफल बनाउने उद्देश्यले विस्फोट गराएको हुनसक्ने कार्कीले बताए।

‘बम विष्फोटको घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ,’ कार्कीले भने, ‘घटनामा संलग्नहरू चा“डै कानुनी दायरामा आउ“छन् । ’ कार्कीले प्रहरीको संख्या थोरै रहेको र स्रोतसाधनको अवस्था पनि दयनिय भएकाले केहि समस्या देखिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा प्रहरीलाई स्रोत साधनले सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्ने स्पष्ट पारे ।
 

प्रकाशित: ५ वैशाख २०७५ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App