१६ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml ४:२६ पूर्वाह्न
राजनीति

विगतमा स्थिर नभएपछि यो सरकार बनेको हो : देउवा

क्याप्शन

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा सरकार स्थिर नहुँदा जनअपेक्षित काम हुन नसकेको बताएका छन्।

शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'विगतमा सरकार स्थिर हुन नसकेपछि यो सरकार बनेको हो। सरकार स्थिर नहुँदा जनता निराश थिए, जनअपेक्षित काम हुन सकेको थिएन,' उनले भने।

देउवाले सुशासनको सुनिश्चितता र सेवा प्रवाहका खातिर सरकारले काम गरिरहेको बताए।

उनले एमालेसँगको समझदारीमा कांग्रेस अडिग रहेको पनि बताए।

फरक प्रसङ्गमा उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताए। त्यसका लागि सबै दल अगाडि बढ्नुपर्ने उनले बताए।

प्रकाशित: १८ माघ २०८१ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App