१६ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २:२५ पूर्वाह्न
राजनीति

प्रधानमन्त्रीको दाबीःअध्यादेश जरुरी भएरै ल्याइएका हुन्, अब संसदको सम्पत्ति भए

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू मुलुकलाई जरुरी भएरै ल्याएको बताएका छन्। शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद नचलेका बेला जरुरी हुँदा अध्यादेश ल्याउने व्यवस्था भएको बताएका हुन्।  

अब ती अध्यादेश संसदको सम्पत्ति भएकाले के गर्ने संसदले नै निर्णय गर्नसक्ने प्रधानमन्त्री ओलीले बताए । ‘अब अध्यादेश संसदको सम्पत्ति भएका छन्। आजका मितिबाट हामीसँग ६० दिन बाँकी ,’ उनले भने,‘यसलाई अस्वीकार गर्ने वा जस्ताको तस्तै पारित गर्ने वा त्यसलाई पनि संशोधन गरी प्रतिस्थापन विधेयक ल्याउने संसदको विषय भयो ।’

प्रकाशित: १८ माघ २०८१ १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App