१६ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २:३९ पूर्वाह्न
राजनीति

अध्यादेश ल्याउने भनेको संसद् नचल्दा नै हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूलाई अध्यादेशको विरोध नगर्न आग्रह गरेका छन्। 

शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। 

'अध्यादेश ल्याउने भनेको संसद् नचल्दा नै हो, संविधानले व्यवस्था गरेको पनि त्यही होइन र ?' प्रधानमन्त्री ओलीले भने, 'धेरै माननीयले अध्यादेशको कन्टेन्टमा होइन, प्रोसेसमा प्रश्न गरेको पाएँ। अब यसको विरोध गर्नेभन्दा पनि त्यसका गुण वा दोषको आधारमा बहस गरौँ, सार्वजनिक खपतका लागि प्रचारबाजी नगरौँ।'

प्रधानमन्त्री ओलीले सत्तापक्ष र प्रतिपक्ष संसद्‌मा मात्रै भएको बताए। जनजीवन चलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष नहुने उल्लेख गर्दै उनले भने, 'जनताको जीवन चलाउने कुरामा सत्तापक्ष वा प्रतिपक्ष हुनुहुन्न।'

प्रकाशित: १८ माघ २०८१ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App