२९ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीले गर्‍यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

वार्षिक १० हजार जनालाई रोजगारी दिने आफ्नो नेतृत्वको सरकारको कार्यक्रम अलपत्र पारिएको भन्दै माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको आइतबारको बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएका थिए ।

लगत्तै अन्य माओवादी सांसदहरु पनि उठेका थिए । माओवादीको विरोधपछि उपसभामुख यशोदा न्यौपानेले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेकी छन् । बैठक सुचारु गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

प्रकाशित: १३ माघ २०८१ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App