७ वैशाख २०८१ शुक्रबार
राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि राति ११ बजे बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।  

भ्रमणको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले भ्रमणका दौरानमा आफूले समकक्षी वाङसंग औपचारिक द्विपक्षीय भेटघाट गर्ने जानकारी दिए। ‘तत्पश्चात हामी दुईले संयुक्त रुपमा प्रेसलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’, उनले जानकारी गराए।

उनका अनुसार बेइजिङ बसाईको क्रममा त्यहाँका उच्च नेता (राष्ट्रपति, प्रधानमन्त्री)सँग भेटघाटको कार्यक्रम रहेको छ। मन्त्री ज्ञवालीले चाइनिज थिङ्क ट्यांकको राउण्ड टेबल बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङपछि मन्त्री ज्ञवाली सिचुआँन प्रान्तको छेन्दु शहर पुग्नेछन्। त्यहाँ उनले सिचुआँन प्रान्तको उच्च नेतृत्ववर्गसँग भेटघाट तथा रसिचुआँन विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

परराष्ट्रमन्त्रीको भ्रमण दलमा चीनका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका अधिकारी र दूतावासका अधिकारीहरु सम्मिलित छन्।

प्रकाशित: ३ वैशाख २०७५ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App