coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि सोध्छन्, कर्मचारी खोई ?

नुवाकोट- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जुन ठाउँमा पुगे पनि जनप्रतिनिधिले कर्मचारी खोई भनेर प्रश्न गर्ने गरेको बताएका छन्।

नुवाकोटमा रहेका सरकारी कार्यालयका प्रमुखहरु र स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफलमा मन्त्री पण्डितले जनताको काम गर्न कसम खाएर आएका जनप्रतिनिधिहरुले छिटोछरितो सेवा प्रवाह गर्नको लागि कर्मचारीको माग गर्नु स्वभाविक भएको बताए। तर केन्द्रबाट स्थानीय तहहरुमा सरुवा भएका कर्मचारीले सेवा सुविधाको विषयलाई लिएर सरकारको कार्ययोजनालाई असहयोग गर्दै आएको पण्डितको भनाई छ।

'अन्तरिम संगठनको संरचना तयार गरेर स्थानीय तहहरुमा कर्मचारी खटाइएको छ। तर प्रयाप्त हुन सकेको छैन। मन्त्रालयमा मौजुदा कर्मचारीलाई कहाँको कुन स्थानीय तहमा जान मन छ इच्छा जाहेर गर्न लगाएर भनेकै ठाउँमा दुई हप्ता भित्रमा कार्यस्थलमा पठाउनेछौँ,' मन्त्री पण्डितले भने, 'रातारात काम अप्ठ्यारो नहोस् भनेर प्रदेश सरकारले र केन्दीय सरकारले नियम कानुन बनाइरहेको छ। स्थानीय तहलाई पनि  कार्य सम्पादन गर्न प्रारम्भिक नीति नियम बनाएर अघि बढ्न आग्रह गरिरहेका छौँ।'

सन्धि सम्झौतासँग जोडिएका विशिष्ट कुटनीतिक वैदेशिक भ्रमण बाहेक मन्त्री, सरकारी कर्मचारी लगायत जनप्रतिनिधिको समेत बैदेशिक भ्रमण रोकेरे जनताको काममा निरन्तर लागि पर्नको लागि स्वीकृत विना बैदेशिक भ्रमणमा जान रोक लगाएको उनले बताए। संविधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरेर एक अर्काको सम्मान गर्दै समन्वयात्मक भावना लिएर अघि बढ्न मन्त्री पण्डितले जिल्लाका जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन्।

शुक्रबार नुवाकोट आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नुवाकोटको सबैभन्दा ठूलो स्थानीय तह विदुर नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा समेत गरेका छन्।

 

प्रकाशित: ३० चैत्र २०७४ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App