१ फाल्गुन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध 'आगो ओकलिरहेका' पुन-पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन र सचिव देवेन्द्र पौडेलले वर्तमान सरकार धेरै नटिक्ने ठोकुवा मात्रै गरिरहेका छैनन्, कांग्रेस नेताहरूले वर्तमान सरकार फेर्ने प्रस्ताव नै ल्याएको दाबी गरिरहेका छन्।

पुनले शुक्रबार (आज) मात्रै पनि यही दोहोर्‍याएका छन् । रुकुम-पूर्वको भूमे गाउँपालिमा आयोजित एक कार्यक्रम सम्बोधन गर्ने क्रममा उनले भनेका छन्, 'नेपाली कांग्रेसका साथीहरूले विकल्पमा कुरा गरौँ भन्नुभएको छ । तर, हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र बिचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहदैनौँ। यो हाम्रो प्रतिबद्धता हो ।'

उनी यतिमै रोकिएनन्, भने, 'एमालेका नेताहरू आएर बीआरआई पनि भयो, अब कम्युनिष्टहरू मिलौँ भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरू विकल्पमा छलफल गरौँ भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौँ ।’ 

यो पनि पढ्नुहोस्

सरकार ढल्ने चर्चा कति स्वाभाविक ?

त्यसो त पुनले यसो भनेको पहिलोपटक भने होइन, सेटिङ नमिलेर सरकार चाँडै ढल्ने बताउँदै आएका उनले यसअघि धेरै पटक सरकार धेरै परसम्म नजाने बताइसकेका छन् ।

अर्का नेता पौडेलले पनि कांग्रेस र एमालेले सोचे जसरी सरकार लामो समयसम्म नजाने दाबी गर्दै आएका छन् । 'यो सरकार माओवादी वा कसैले ढाल्नै पर्दैन, आफैँ ढल्छ । यो सरकार सेटिङ नमिलेर ढल्छ,' पौडेलले भने, 'सरकार धेरै दिन टिक्दैन ।'

उनी वर्तमान सरकार परिवर्तन हुनैपर्ने बताउँछन् । 'वर्तमान सरकार रहेसम्म समस्या उस्तै रहन्छ । सरकार फेरिनैपर्छ,' उनले भनेका छन्।

यो पनि पढ्नुहोस्

सरकारमा जान ठिक्क परेको माओवादी !

प्रकाशित: १२ पुस २०८१ १९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App