२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘संविधान संशोधन गरेर समावेशी प्रणाली व्यवस्थित बनाउँछौं’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताएका छन्।

आदिवासी जनजाति आयोगद्वारा शुक्रबार यहाँ आयोजित ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ मा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा यस विषयमा प्रष्ट हुनजरूरी रहेको स्पष्ट पारे।

“संविधान संशोधन हुनु भनेको समावेशी र समानुपातिक प्रणाली हटिहाल्छ भन्ने होइन”, उनले भने, “यसलाई अझै व्यवस्थित र विधिवत् बनाउँदै जाने हो, ढुक्क हुनुहोस्, समावेशी प्रणाली रहिररहन्छ।”

प्रकाशित: २८ मंसिर २०८१ १८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App