जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठक शनिबारसम्म चल्नेछ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समीक्षा हुँदैछ ।
स्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदबारी दिएको जसपा नेपालले मधेश प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।
यही मंसिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ुजनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियानु को बिस्तृत समिक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ ।
संगठन बिस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढंगले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाई छ ।
यसका साथै, पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि बैठकमा छलफल हुनेछ ।
प्रकाशित: २८ मंसिर २०८१ १४:०२ शुक्रबार