७ वैशाख २०८१ शुक्रबार
राजनीति

जिल्लास्तरका दुई दर्जन सरकारी कार्यालय खारेज

 काठमाडाै‌ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरका करिब दुई दर्जन  सरकारी कार्यालहरू आजबाट खारेज हुने घोषणा गरेको छ।

खारेजीमा परेका जिल्ला सरकारी कार्यालयहरूमा खानेपानी,वन सिंचाई ,जनस्वास्थ्य, महिला विकास लगायतका कार्यालयहरू रहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुनेछ।जिल्ला शिक्षा कार्यालय अागामी शैक्षिक सत्रबाट खारेज हुने तामाङले बताए।

प्रकाशित: २८ चैत्र २०७४ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App