१६ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

रविको बयान लम्बियो, भोलि मात्रै सकिने

रवि लामिछानेको बयान आज पनि सकिएन । सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान दिइरहेका उनको बयान अझै लम्बिने भएको छ । 

कार्यालयका प्रमख वकिल सन्देश श्रेष्ठका अनुसार रविको बयान भोलि मात्रै सकिने छ । बयान सकेर उनलाई भोलि नै पोखरा पठाउने तयारी भइरहेको जनाइएको छ ।

रविले यसअघि गत शुक्रबार पनि बयान दिएका थिए । त्यसपछि थाँती रहेका प्रश्नहरूको सामना रविले आज गरेका हुन् ।

सहकारी ठगी मुद्दामा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रविलाई अहिले ललितपुरको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धमा सोधपुछ भइरहेको हो ।

यसअघि उनलाई बुटवल पुर्‍याएर फर्काइएको छ । त्यहाँ उनले सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रश्नहरूको सामना गरेका थिए ।

प्रकाशित: १६ मंसिर २०८१ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App