१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

‘राजनीतिलाई सही दिशामा लैजान कम्युनिस्ट आन्दोलन बचाइराख्नुपर्छ’

<br>

नकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उनले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिस्ट आन्दोलनलाई बचाइराख्नुपर्नेमा जोड दिए।

उनले भने ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने ? यसको निम्ति कसरी कम्युनिष्ट आन्दोलनको सुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरु, मोहनविक्रम सिंह जस्ता योद्धाहरु जसले सबै चुनौतिहरुको सामना गर्दै आउनुभएको छ। अनेकौँ उत्ताचढावहरु सामना गर्नुभयो। झन्डै झन्दै कम्युनिष्ट आन्दोलनहरु सिद्धिने हो की भन्नै अवस्था भयो। विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो। आँट गरेपछि पार नलाग्ने केही पनि छैन। सकारात्मक सोचका साथ लाग्नुपर्छ।’

उनले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गरे। नेपालका नेताहरूभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट, पतित, स्वार्थी, मतलबी र देश बेच्ने प्रपञ्च रच्नेहरू पनि रहेको उनले टिप्पणी गरे।

‘तरपनि मानव जातिभित्र असल पनि छ। कमजोर पनि छ। नेताहरुभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतित पनि छन्, स्वार्थी पनि छन्। मतलवी पनि छन्। देश बेच्ने प्रपञ्च रच्ने, सिध्याने पनि छन्। चुनौतिको सामना गर्ने हो।’ उनले भने।

प्रकाशित: १५ मंसिर २०८१ १७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App