२६ असार २०७७ शुक्रबार
राजनीति

काँग्रेस श्रमिकको पार्टी : नेता गच्छदार

काठमाडौं– नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएको बताएका छन्। 

नेपाल नाई संघको सातौँ राष्ट्रिय महाधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले वर्गीय र पेशागत हितका लागि नाई संघले महत्वपूर्ण भूमिका खेलेको बताए। 

‘नाईले गरेको पेशागत सुरक्षा र इमान्दारिताका कारण एक दिन राजनीतिक रुपमा यो जातिको प्रतिनिधित्व उच्च तहमा हुन्छ,’ नेता गच्छदारले भने। 

उनले नाई संघ स्थापनामा पार्टीका पूर्वसभापति एवम् लोकतान्त्रिक नेता गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै पार्टी विभिन्न गुट, उपगुटमा रुमलिरहेको बेला एकताको महाधिवेशन गरेर पार्टी नेतृत्वलाई सकारात्मक सन्देश दिन आग्रह गरे। रासस

प्रकाशित: २७ चैत्र २०७४ २२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App