२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

जापान मानव तस्करी प्रकरण: तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो।

त्यस्तै पक्राउ परेका तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

यही प्रकरणमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो।

डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो।

यता जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरेको थियो।

प्रकाशित: १४ मंसिर २०८१ १७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App