१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय सरकारले रोजगारी सिर्जना गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।  

तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे-भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्न उनको सुझाव थियो।

उनले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने  विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए। तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएको बताए। 'राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएको हुनुपर्छ,' उपप्रधानमन्त्री सिंहले भने, 'त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ। राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेको छ।'

प्रकाशित: १४ मंसिर २०८१ १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App