१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पालिका कमिटीहरूलाई माओवादीको परिपत्र- मंसिर मसान्तभित्र अधिवेशन सक्नू

नेकपा (माओवादी केन्द्र) ले पालिका कमिटीहरूलाई मंसिर मसान्तभित्र अधिवेशन सक्न परिपत्र गरेको छ ।

पार्टी महासचिव देव गुरुङका अनुसार कार्यविधि नै बनाएर कमिटीहरूलाई मंसिर मसान्तभित्र अधिवेशन सक्नु परिपत्र गरिएको हो ।

गत मंसिर १२ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र नेता हितराज पाण्डे सम्मिलित एक कार्यदल बनाएको थियो ।

उक्त कार्यदलको कार्यविधिअनुसार पालिका कमिटीहरूलाई परिपत्र गरिएको महासचिव देव गुरुङले बताए ।

माओवादी केन्द्रको पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार पालिका कमिटीहरू पार्टी विधान २०८० बमोजिम छनोट हुनेछन् ।

विधानको धारा २४ मा भौगोलिक प्रदेश कार्यसमिति १२५, उपत्यकामा र प्रवासमा गठन हुने प्रदेशस्तरका विशेष समितिहरू बढीमा ९९, महानगरपालिका समिति र महाशाखा ९९, उपमहानगरपालिका समिति ७५, नगरपालिका समिति ५५, गाउँपालिका समिति र शाखा ४५, वडा समिति र उपशाखा २५, टोल समिति र प्रशाखा १५ र सेल कम्तीमा ३ सदस्यीय हुने व्यवस्था छ ।

प्रकाशित: १४ मंसिर २०८१ १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App