१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रविको बयान सकियो

आजका लागि रवि लामिछानेको बयान सकिएको छ । लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा शुक्रबार बिहान सुरु भएको थियो ।

अब थप बयान आइतबार हुने बताइएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका रविलाई ललितपुरको स्वर्णलक्ष्मी सहकारीको बारेमा सोधपुछ गरिएको हो ।

उनलाई बिहीबार मात्रै पोखराबाट काठमाडौं ल्याइएको हो । पक्राउ परेलगत्तै पोखरा लगेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका उनलाई यसबीचमा बुटवल पनि पुर्‍याइएको थियो ।

यसपछि उनलाई चितवनसमेत पुर्‍याउने प्रहरीको तयारी छ ।

प्रकाशित: १४ मंसिर २०८१ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App