निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई स्पष्टीकरण सोधेको हो ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार उनीहरूले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको हो ।
'अनुगमन टोलीको सिफारिसअनुसार उहाँहरूलाई स्पष्टीकरण सोधिएको हो,' प्रवक्ता अर्यालले भनिन्, 'मौन अवधिको होइन, अगाडिकै कुरा हो ।'
आउँदो मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रकाशित: १४ मंसिर २०८१ १४:३१ शुक्रबार