सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेको बयान जारी छ ।
बिहीबार पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान जारी छ ।
लामिछानेलाई ललितपुरको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको सम्बन्धमा सोधपुछ भइरहेको छ ।
लामिछानेले भित्र बयान दिइरहँदा उनकी पत्नी निकिता पौडेल लामिछानेले भने कार्यालयबाहिर प्रतीक्षा गरिरहेकी छन् । उनले यसअघि पोखरा नै गएर पति लामिछानेलाई भेटेकी थिइन् ।
गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेलाई लगत्तै पोखरा लगिएको थियो । यसबीचमा उनलाई बुटवल लगिएको थियो । अब उनलाई चितवन हुँदै पुन: पोखरा लाने बताइएको छ ।
प्रकाशित: १४ मंसिर २०८१ १३:५१ शुक्रबार