coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस जोगाउन नेतृत्व परिर्वतनः नेता सिंह

गुल्मी – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पाटी जोगाउन नेतृत्व परिर्वतन आवश्यक भएको बताएका छन्।

नेपाल प्रेस युनियन गुल्मीले मगंलबार (आज) गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले अहिलेको नेतृत्वका कारण बिधान विपरित पार्टी सञ्चालन भएको भन्दै नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताए।

पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले पार्टीका कुनै पनि संगठन चलायमान हुन नसक्दा कांग्रेसलाई विधि संगत र संस्थागत रुपमा अगाडि बढाउनका लागि नेतृत्व नै परिर्वतन आजको आवश्यकता भएको बताए।

जनताले कांग्रेसको विकल्प खोजेर नै वामपन्थीहरूलाई बहुमत दिएका होइनन भन्ने पत्रकारहरूको जिज्ञासामा सिंहले भने ‘कांग्रेस पराजय भएको होइन, पार्टी नेतृत्वले पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा यस्तो भएको हो।’ उनले नेपाली कांग्रेस अहिले विपी कोईराला, गणेशमान सिंह, गिरीजाप्रसाद कोईराला, कृष्ण प्रसाद भट्टराईको पालाको जस्तो नभएको दावी गरे।

नेतृत्वले २ महिनामा पदाधिकारीको टुङ्गो लगाउनुपर्ने काम बल्ल २ वर्षमा भएको र त्यो पनि विधानसंगत नभएको बताए। उनले जबसम्म देउवाजीले जवसम्म पार्टीको नेतृत्व छोड्नु हुन्न त्यस बेलासम्म पार्टी अघि बढ्न नसक्ने दावी गरे। मैले उहाँलाई आग्रह गर्न चाहान्छु सिंहले भने‘ विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जोगाउनु पर्छ, उहाँको नेतृत्व अझै लम्बिने हो भने कांग्रेस रहन्न।’

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा केही नयाँ काम नभएको बताए। उनले फरक प्रसङ्गमा अहिले नै प्रधानमन्त्रीको सरकार सञ्चालनप्रति सत्तारुढ दलहरु नै सन्तृष्ट नभएको भन्दै सरकारमा रहेका दलहरूको विश्वास प्रधानमन्त्रीले कहिलेसम्म टिकाउने भन्ने शंका लागेको बताए।

प्रकाशित: २७ चैत्र २०७४ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App