८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्ने बेला आएको छ: प्रकाण्ड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भीर परिस्थितिको भुमरीमा धकेलेको बताएका छन्।

बुधबार पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनी प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गरेका हुन।

उनले नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको ७५ वर्ष पूरा भए पनि कम्युनिस्ट आन्दोलनका उद्देश्यहरू अझै सफल नभएको धारणा राखे।उनले कम्युनिस्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भए पनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको इतिहासको गम्भीर समीक्षा गर्ने बेला भएको बताए।

नेपालको सामन्ती, दलाल पुँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उनले आफूहरूले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर सङ्घर्ष गरिरहेको बताए।उनले पत्रकार सम्मेलनमा पार्टीको ११ औँ पुनर्गठन दिवसका अवसरलाई विभिन्न उत्सव एवं कार्यक्रम गरी मनाउने बताए। 

प्रकाशित: ५ मंसिर २०८१ १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App