८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सहकारी पीडितको आन्दोलनमा रास्वपा नेतृ सुमना

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ सुमना श्रेष्ठ सहकारी पीडितको आन्दोलनमा सहभागी भएकी छन् । बुधवार माइतीघर मण्डलमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आन्दोलनमा रास्वपा सहमहामन्त्री सुमना सहभागी बनेकी हुन् । यो अभियानले बुधवारबाट निर्णायक आन्दोलन भन्दै राजधानीमा आन्दोलन सुरु गरेको छ । 

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा रहँदा रास्वपाले उनलाई छुटाउन सडकमा आन्दोलन गरिरहेको छ । यही बेला सहकारी पीडितले गरेको आन्दोलनमा भने आफ्नो ऐक्यबद्धता रहेको रास्वपाले जनाएको छ । 

मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै रास्वपाले सहकारी पीडितको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहने जनाएको थियो । सुमनाले आफै उक्त आन्दोलनमा सहभागी हुने भन्दै अन्य पार्टीका शुभचिन्तकलाई पनि सहभागी हुन आह्वान गरेकी थिइन् ।

 

तस्बिरः दिपेश दर्शनधारी/ नागरिक

प्रकाशित: ५ मंसिर २०८१ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App