coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी मन्त्रीले दाहालसँग भने : सचिव सरुवा गर्दा थाहै पाएनौं

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर अहिलेसम्मका कामबारे जानकारी गराएका छन्। उनीहरुले भेटमा ३० सचिवको सुरुवाबारे आफुहरुसँग कुनै सल्लाह नभएको भन्दै अध्यक्ष दाहालसँग गुनासो गरेका थिए।

'सरुवाबारे मन्त्रिहरुले समेत जानकारी पाउनु भएन भन्ने आएको छ', भेट पछि पार्टी प्रवक्त पम्फा भुसालले भनिन्, 'पार्टी एकताको तयारी भैरहँदा सबै विषयमा सल्लाह गरेर अघि बढ्नु राम्रो हो।'

भेटमा दाहालले मन्त्रीहरुलाई जनतासँग जोडिने गरि आफ्ना काम गर्न निर्देशन दिएका थिए। उनले जनताले सरकारसँग धेरै आश गरेको बताउँदै जनताले महशुस गर्ने किसिमका योजना बनाउन मन्त्रिहरुलाई आग्रह गरेका थिए।

मन्त्रीहरुले सरकारमा साझेदारी भएपछि सामूहिकताको भावना सहित अघि बढ्नु पर्ने बताउँदै अध्यक्ष दाहाललाई सोहि अनुसार उच्च नेतृत्वसँग सल्लाह गर्न आग्रह गरेका थिए।

 

 

 

प्रकाशित: २६ चैत्र २०७४ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App