८ वैशाख २०८१ शनिबार
राजनीति

नेतृत्वप्रति काग्रेस नेता सिटौलाको असन्तुष्टि

दमक – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन्। गृह जिल्ला झापामा नेपाल तरुण दलको प्रदेश स्तरीय प्रशिक्षण उद्घाटनमा उनले पार्टीको नीतिमा परिर्माजन आवश्यक रहेको धारणा राखे। उनले पार्टीमा नयाँ विचार र नयाँपन पैदा गर्नका लागि तरुणको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। ‘नराम्रो काम सच्च्याएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने, नेतृत्वको मात्रै प्रशंसा गरेर पार्टी बन्दैन। सिटौलाले पार्टीलाई नयाँ दिशा दिनका लागि आवश्यक रहेको बताउँदै निर्वाचनमा देखिएको कांग्रेसको अवस्था अब संगठन परिचालन गरेर थप सुदृढ गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको नेता मात्रै बलियो भएर नहुने र कार्यकर्तासम्म बलियो बनाउन आवश्यक रहने बताए। ‘पार्टीमा कोही नेता बलियो र कोही लुलो हुँदैन,’ उनले भने, ‘समग्र कांग्रेस एक भएर हरेक परिस्थितिको सामना गर्न सक्नु पर्दछ।’ अर्का केन्द्रीय सदस्य महेन्द यादवले पार्टीको विचार प्रवाह गर्न नसकेका कारण पराजय बेहोर्नुपरेको बताए। उनले सधै पराजित मानसिकतालाई त्यागेर अघि बढेर नयाँ विचार र जागरण ल्याउनुपर्ने उल्लेख गरे।

केन्द्रीय सदस्य मिन विश्वकर्माले युवा विचारका कारण अहिलेसम्म पार्टीले एउटा उचाइ हासिल गरेको बताए। उनले अझै पनि राष्ट्रिय मुद्दालाई जनता माझ पु¥याउन आवश्यक रहेको बताए। कांग्रेस केन्द्रीय सदस्य  केशवकुमार बुढाथोकीले  मुलुकको नेतृत्व गर्ने अवसर कांग्रेसले गुमाए पनि आगामी दिन अझ सुखद हुने बताए।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे, गुरुराज घिमिरे, लक्ष्मी परियार, सरिता प्रसाईं, कांग्रेस नेता उदय शंशेर राण, कांग्रेस झापा सभापति उद्धव थापा, नेविसंघ केन्द्रीय उपाध्यक्ष विकास केशी, महिला संघ झापा अध्यक्ष शुशिला ढकालले युवाको परिचालन गरेर कांग्रेसको विचारलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।

प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षक उक्तर चापागाईँ रहेका छन् भने अन्य प्रशिक्षकमा नेता मिनेन्द्र रिजाल र तरुण दल पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ रहेका छन्।

प्रकाशित: २६ चैत्र २०७४ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App