८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेस हुन्छ: महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी (हिउँदे)अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेस गर्ने बताएका छन्।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरूपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेस गर्ने प्रक्रियामा अघि बढाइएको उनको भनाई थियो।

बुधवार बिगो निर्धारण सम्बन्धी कार्यविधि, २०८१ को प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने क्रममा महान्यायाधिवक्ता बडालले बिगो निर्धारण सम्बन्धी मुद्दामा अदालतलाई पनि मार्ग निर्देशन गरोस भनेर आफूहरूले सो कार्यविधिको मस्यौदा तयार पारी प्रारम्भिक छलफल अघि बढाएको पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बिगो निर्धारण गर्दा निर्माण कम्पनीहरूको कारोबार रकम कटौती गरेर मात्रै निर्धारण गर्नुपर्ने सुझाव दिए। उनले निर्माण कम्पनीहरूले कारोबार गरेको रकम समेत जोडेर बिगो तिर्नुपर्ने अवस्थाको अन्त्य हुने गरी सो सम्बन्धी कार्यविधि बनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा बोल्दै अपराध अनुसन्धानका क्षेत्रमा कार्यरत निकायका प्रतिनिधिहरूले बिगो निर्धारणको कामलाई समसामयिक बनाउनुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित: ७ कार्तिक २०८१ १८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App