७ वैशाख २०८१ शुक्रबार
राजनीति

बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सिसिटिभी

तस्बिर : भक्तपुरको बिस्केट जात्राक्रममा तानिने भैरवनाथको रथ। फाइल तस्बिरः नागरिक

भक्तपुर – भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जात्रास्थलमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ। विशेष गरेर भैरवनाथको रथ तान्ने क्रममा हुन सक्ने हुलदंगा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाको समन्वयमा ३५ ठाउँंमा सिसिटिभी क्यामरा जडान गरिने भएको हो। जडान गरिएका क्यामेराबाट महानगरीय प्रहरी परिसर भक्तपुरको सर्भरकक्षबाट जात्रास्थलका गतिविधि सीधै हेर्न सकिने गरी व्यवस्थापन गरिने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जनाइन्। जात्रालाई शान्तिपूर्ण बनाउन महानगरीय प्रहरी परिसर भक्तपुरले झन्डै एक हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ। ठाउँठाउँमा सादा पोसाकका प्रहरी परिचालन गर्ने र अप्रिय घटनामा संलग्न हुन खोज्नेलाई तत्काल पक्राउ गर्न सकिने गरी सुरक्षा प्रबन्ध मिलाइएको परिसरले जनाएको छ।

यस वर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय गरिएको जनाइएको छ। दिउँसो २ बजे नै टौमढीबाट भैरव रथ तान्ने र साँझ ५ बजेसम्म रथलाई अन्तिम गन्तव्य गहिटी पु¥याउने योजना बनाइएको छ। विगतका वर्षमा जति नै चाँडै रथ तान्ने निर्णय गरे पनि साँझबाट रथ तान्न सुरु गर्ने र मध्यरातिसम्म नै रथ तान्ने गर्दा ढुंगा हानाहान हुने गरेको भन्दै यो वर्ष दिउँंसै रथ तान्ने योजना बनाइएको हो।

यो वर्ष रथको रुटसमेत छोट्याउने निर्णय भएकोे छ। जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन टौमढीबाट तलका बासिन्दाले वढीमा बुलुचासम्म र माथिकाले वढीमा साकोठासम्म मात्रै लैजाने गरी व्यवस्थापन गर्ने निर्णय भएको जनाइएको छ। हजारौंको सहभागिता रहने भएका कारण जात्रामा प्रत्येक वर्षजसो विभिन्न कारणले मानिसको मृत्यु हुने गरेको छ। गत वर्ष जात्राक्रममा एकजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए। भक्तपुरको बिस्केट जात्रा यो वर्ष चैत २७ गते मंगलबारदेखि पाँंचतले मन्दिर टौमढीमा राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरु हुँंदैछ।

प्रकाशित: २४ चैत्र २०७४ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App