२६ असार २०७७ शुक्रबार
राजनीति

घुस लिने सबइन्जिनियरलाई ६ वर्ष कैद

फाइल तस्बिर

काठमाडौं – विशेष अदालतले महोत्तरी गौशाला नगरपालिकामा भवन निर्माणको क्रममा घुस लिने सबइन्जिनियर शत्रुघ्नकुमार साह कानुलाई साढे चार लाख रुपैयाँ जरिवाना सहित ६ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीशहरू बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले साहले भ्रष्टाचार गरेको ठहर गर्दै ४ लाख ५० हजार रुपैयाँ जरिवानासहित ६ वर्ष कैदको फैसला बिहीबार सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ चैत २२ मा साहविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सार्वजनिक काम गर्ने क्रममा साहले घुस लिएको ठहर गर्दै विशेष अदालतले कैदसहितको जरिवाना सुनाएको हो।

महोत्तरीको साबिकको गौशाला नगरपालिकाको तरकारी बजारमा पिसिसी ढलान जाँच पास गर्दा साह घुस लिँदालिँदै रंगेहात भेटिएका थिए। तरकारी बजारका लागि तयार गरिएको पिसिसी ढलानको काम सकिएपछि बिलबमोजिमको भुक्तानी माग गर्दा साहले घुस मागेका थिए।

अख्तियारले साहले घुस लिँदै गर्दा ४ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो। उनी महोत्तरी नगरपालिकामा करारमा सबइन्जिनियरका रुपमा कार्यरत थिए। अख्तियारको टोलीले साहलाई ०७२ पुस ३० मा घुस लिँदै गर्दा भेट्टाएको थियो। त्यसपछि उनी पदबाट निलम्बनमा परेका थिए।

प्रकाशित: २४ चैत्र २०७४ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App