८ वैशाख २०८१ शनिबार
राजनीति

विभिन्न मन्त्रालयका सचिवको सरुवा, को कुन मन्त्रालयमा ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारत उड्नु अगाडि बसेको मन्त्रिपरिषद बैठकले सचिवको सरुवा गरेको छ। सबै सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने योजना अनुसार सरुवा गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा रहेका राजन खनाललाई अर्थमा ल्याइएको छ। यस अघि अर्थसचिव रहेका शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। प्रेम कुमार राईलाई गृहमा ल्याइएको छ। राई प्रधानमन्त्री कार्यालयमा थिए। गृहमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

महेन्द्रमान गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। गुरुङ यसअघि प्रधानमन्त्री कार्यालयमा थिए। प्रधानमन्त्री कार्यालयका अर्का सचिव खगराज बराललाई शिक्षा सचिवको जिम्मेवारी दिइएको छ। उपराष्ट्रपतिको कार्यालयका सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्रीको कार्यालयमा पठाइएको छ। राष्ट्रपतिको कार्यालयमा रहेका भूपेन्द्रप्रसाद पौडेल सूचना आयोगमा सरुवा भएका छन्। रक्षा सचिव विनोद केसी राष्ट्रपति कार्यालयमा सरुवा भएका छन्।

यस अघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा रहेका देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ।

महेश दाहाललाई श्रम तथा रोजगार मन्त्रालयमा पठाइएको छ। उनी युवा तथा खेलकुद मन्त्रालयमा रहेका रहेका थिए। शिक्षा सचिव मधुप्रसाद रेग्मी सार्वजनिक खरिद अनुगमनको कार्यालयमा गएका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट महेश्वर न्यौपानेलाई अख्तियारमा सरुवा गरिएको छ। नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जिम्मेवारी दिइएको छ। श्रम मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएको छ।

प्रधानमन्त्रीको कार्यालयका शरदचन्द्र पौडेललाई राष्ट्रिय योजना आयोगमा, योजना आयोगमा रहेका विष्णुप्रसाद लम्साल रक्षा मन्त्रालयमा आएका छन्। युवकध्वज जिसी कृषि मन्त्रालयमा, मधुसूदन अधिकारीलाई भौतिक पुर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ। पशुपंक्षी विकास मन्त्रालयका सचिव विश्वनाथ ओली वन तथा वातावरण मन्त्रालयमा आएका छन्। अनिल ठाकुर महिला आयोगमा सरुवा भएका छन्। प्रदेश नम्बर १ मा रहेका यादववप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा आएका छन्।

प्रधानमन्त्री कार्यालयका अतिरिक्त सचिव कृष्णराज बिसी खानेपानी मन्त्रालयमा सरुवा भएका छन्। गजेन्द्रकुमार ठाकुर विज्ञान प्रविधि, सञ्जय शर्मा उर्जा तथा सिंचाईमा पुगेका छन्।

प्रकाशित: २३ चैत्र २०७४ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App