२७ श्रावण २०७७ मंगलबार
राजनीति

वैशाख ९ मा पार्टी एकता हुन्छ: दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाख ९ गते नेकपा (एमाले) र माअोवादी केन्द्रबीच पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् ।

आफ्नै निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए । “अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि एकताको कुरा टुङ्गााएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ”, अध्यक्ष दाहालले भने, “त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं ।”

कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ।” नव आगन्तुकलाई स्वागत गर्दै अध्यक्ष दाहालले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह गरे ।(रासस)

प्रकाशित: २२ चैत्र २०७४ १८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App