६ वैशाख २०८१ बिहीबार
राजनीति

एमाले माओवादी बैठक विषय प्रवेश अगावै टुङ्गियाे

काठमाडौँ – एमाले माओवादी एकता संयोजन समितिकोे बैठक बिना सहमति टुङ्गिएको छ। कार्यदलमा सहमति नजुटेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठक बिना सहमति टुङ्गिएको हो।

माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार आज बसेको बैठक प्रधानमन्त्रीको भारत भ्रमणपछि बस्ने निष्कर्षमा टुङ्गिएको छ । बैठकको बारेमा बोल्दै उनले भने, ‘बैठकमा केही छलफल भएपनि मुख्य विषयमा प्रवेश गर्नु अगावै समापन भएको छ । तर पनि कम्युनिष्ट पार्टीको स्थापना दिवस अर्थात वैशाख ९ गते पार्टी एकता गर्ने गरी दुवै पार्टीले तयारी गर्ने सहमति भएको छ । बाँकी छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि हुने बैठकमा गरिनेछ ।’

चुनाव चिह्न, जनयुद्धलगायतका विषयमा कार्यदलमा सहमति नजुटेपछि छलफल गर्न आजको बैठक बसिएको थियो । 

प्रकाशित: २२ चैत्र २०७४ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App