१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मनसुनजन्य विपद्‌मा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतबार साँझ पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएको जानकारी दिए।

उनले १११ जना व्यक्तिहरु घाइते रहेको सुनाउ। विपद्‌बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भई निरन्तर कार्य भइरहेको उनका भनाइ छ।

सहसचिव तिवारीका अनुसार हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको र काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर, लगायतका जिल्लामा विभिन्न स्थानहरुबाट विपद्‌बाट घाइते भएका र अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिक्प्टरमार्फत उद्धार गर्नुका साथै, खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको बताए।

उनले घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको उल्लेख गरे।

उनका अनुसार सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ। साथै त्रिभूवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आजैबाट यातायात सञ्चालन गर्नेगरी पहल भएको उनले बताए।

प्रकाशित: १३ आश्विन २०८१ २१:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App