८ वैशाख २०८१ शनिबार
राजनीति

युवा संघ केन्द्रीय समितिको बैठक काठमाडौँमा

काठमाडौँ - युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ।

देशभरका सांगठनिक तथा राजनीतिक अवस्था र अबको युवा आन्दोलनलाई सही दिशानिर्देश गर्नका लागि बैठकमा छलफल गरिने संघका उपाध्यक्ष दिलु पन्तले जानकारी दिए।संघका गतिविधि र नेकपा माओवादी केन्द्र निकट वाइसिएलसँग हुन लागेको एकताका आधार तथा संगठनको भावी कार्यदिशाबारे पनि बैठकमा छलफल हुनेछ ।

संघका अध्यक्ष राजीव पहारी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि अब संगठनको नेतृत्व कसरी हस्तान्तरण गर्ने र लामो समयदेखि हुन नसकेको महाधिवेशन एकतापछि कसरी गर्ने भन्ने धारणा पनि बैठकले तयार गर्ने जनाएको छ।रासस

 

प्रकाशित: २१ चैत्र २०७४ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App