८ वैशाख २०८१ शनिबार
राजनीति

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बाटुवाटारमा ओलीले आसन्न भारत भ्रमणका विषमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारतभ्रमण नेपाल भारत सम्बन्धलाई थप मजबुद बनाउन तर्फ केन्द्रित हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले नयाँ सम्झौता गर्नेभन्दा पनि यसअघि भएका सन्धि–सम्झौता कार्यान्वयनमा विशेष जोड दिइने बताएका छन्। प्रधानमन्त्री ओली यही चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्दै छन्।

प्रकाशित: २१ चैत्र २०७४ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App