coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘रोग लागेपछि सिटामोल दिनुभन्दा स्वच्छ खानेपानी दिएर रोग लाग्न नदिनु राम्रो’

बर्दिया– खानेपानी मन्त्री बिना मगरले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बजेट बढाउनुपर्ने बताएकी छिन्।

बर्दियाको मधुवन नगरपालिका ६ स्थित कुसुम्बा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाईले रोग लाग्नै नदिने भएकाले सरकारको प्राथमिकतामा खानेपानी हुनुपर्ने बताइन। ‘रोग लागेपछि सिटामोल दिनुभन्दा स्वच्छ खानेपानी दिएर रोग लाग्न नदिनु राम्रो हो’, मन्त्री मगरले भनिन्, ‘सबै नेपाली जनताले आधारभुत खानेपानी समेत नपाएको अवस्थामा स्वच्छ खानेपानी पुर्याउनुपर्ने छ ।’

सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउनु सरकारको दायित्व भएकाले मन्त्रालयको कार्यक्षेत्रभित्र सुकुम्बासीदेखि हुकुम्बासीसम्म सबै पर्ने मन्त्री मगरले बताइन। ‘आफूलाई स्वस्थ र सफा राख्न सबैले सावधानी अपनाउनुपर्छ’, मन्त्री मगरले भने, ‘सरसफाईमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिन्छ।’

खानेपानीमा पर्याप्त बजेट विनियोजन गराएर योजना कार्यान्वयन गरे मात्रै समृद्ध राष्ट्र निर्माणको अभियान पूरा हुने उनले बताए। ‘पहाडी क्षेत्रका दिदीबहिनीहरुले खानेपानी भान्सासम्म पुर्याउन दैनिक २–३ घण्टा समय बिताउनुपर्छ, त्यो समय बचाएर आयआर्जनमा लगाउन सके आर्थिक प्रगति गर्न सकिन्छ’, उनले भने, ‘जिन्दगीको अधिकांश समय खानेपानी जुटाउनमै बिताउनुपर्यो भने महिला दिदीबहिनीले आर्थिक प्रगतिमा कसरी योगदान गर्ने ?’

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सन्तकुमार चौधरीले विगतदेखि नै राज्यले पछाडि पारेको बर्दियाको खानेपानीलाई आर्सनिकमुक्त गर्न मन्त्री मगरसमक्ष आग्रह गरे।

प्रकाशित: १९ चैत्र २०७४ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App