२६ असार २०७७ शुक्रबार
राजनीति

बराबरी सिद्धान्तका आधारमा पार्टी एकता : अध्यक्ष दाहाल

चितवन (रासस)- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन्।

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन। चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो। बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो।” यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उनले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट पारे। प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गरे।

अध्यक्ष दाहालले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै उहाँले संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताए।
फरक प्रसंगमा उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केही छलफल भएको बताउँदै भने, “यस बारेमा पनि मंगलबार संयोजन समितिमा छलफल हुन्छ।” पत्रकारले “तपाईंको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जी जारी गरेको छ नि ?” भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, “यो वाहियात कुरा हो, जवाफ दिन चाहन्न।”

 

प्रकाशित: १९ चैत्र २०७४ १९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App