coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण गर्ने

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्ने भएका छन्।

उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री सोमबार त्यसतर्फ प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यसैगरी प्रधानसेनापति क्षत्रीले चैत २३ देखि २६ गतेसम्म दक्षिण सुडानस्थित नेपाली शान्ति मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ। 

प्रधानसेनापति क्षत्रीले उक्त मिशनको स्थलगत वस्तुस्थिति, अपरेशन, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। 

भ्रमणको अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधानसेनापति यही चैत्र २७ गते स्वदेश फर्कने बताइएको छ।

प्रकाशित: १८ चैत्र २०७४ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App