९ आश्विन २०७७ शुक्रबार
राजनीति

प्रादेशिक प्रहरी भर्नाको तयारी

पर्सा– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिएका छन्।

दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले विहीबार आयोजना गरेको कार्यक्रम उनले संघीय सरकारको सहमतिपछि प्रादेशिक प्रहरी भर्ना शुरु हुने बताए। उनले प्रदेश सकारले प्रहरी भर्ना गरेपछि अपराध न्यून भई सुशासन कायम हुने जिकिर गरे।

सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वधार तथा योजनामन्त्री जीतेन्द्र सोनलले वर्ग, क्षेत्र र जात÷जातिबीचको विभेदलाई हटाउँदै राजनीतिक रुपमा सबै नागरिकलाई समान अधिकार दिए मुलुकमा दिगो शान्ति कायम हुने बताए।

पर्साको ठोरीलाई ३ नं प्रदेशमा मिलाउने भनी सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गरेको भनाइको प्रतिवाद गर्दै मन्त्री सोनलले पर्सा जिल्लाको एक इञ्च भूभाग पनि कसैलाई नदिइने प्रष्ट पारे। रासस

प्रकाशित: १५ चैत्र २०७४ २२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App