१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन्।

शनिबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल, शिक्षा र स्वास्थ्य क्षेत्रको हब हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गरे।

‘गठबन्धनवालाहरुको नीति नै गलत छन्। नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हब बनाउनुपर्ने। यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ।’ उनले भने।

अध्यक्ष ओलीले रेमिटयान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत उल्लेख गरे। युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको बताउँदै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको सुनाए।

अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन मुलुक रेमिट्यान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताए।

प्रकाशित: २० माघ २०८० १७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App