coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिँदै

काठमाडौँ - नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरमा शुरु हुने बैठकले राष्ट्रपतिको उम्मेदवारी सम्बन्धमा पार्टीका तर्फबाट निर्णय लिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी एवं मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उनले बताए।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ।राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते तोकिएको छ । निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।रासस

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App