coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दासको ‘सांसद’ पद खारेज गर्न रिट

काठमाडौं– प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दासको भारतीय मतदाता सूचीमा पनि नाम रहेकाले उनको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। 

सिरहा धनगढीमाईका दुर्गानन्द चौधरीले सांसद दास भारतीय नागरिक भएको दाबी गर्दै उनलाई सपथ नगराउन र निर्वाचन परिणाम बदर गर्न माग राखेर रिट दर्ता गराएका हुन् । तर, दासले प्रतिनिधिसभा सदस्यको हैसियतमा सपथ लिइसकेका छन्। 

नागरिक दैनिकले माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सुरेशचन्द्र दासको नाम भारतको मतदाता सूचीमा रहेको खुलेको समाचार प्रकाशित गरेको थियो । सोही आधारमा चौधरीले रिट निवेदन दर्ता गरेका हुन्। 

निवेदकले निर्वाचन आयोग, संघीय संसद् सचिवलाय, सांसद दासलाई विपक्षी बनाइ रिट दर्ता गराएका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ । भारतको मतदाता हुनका लागि १८ वर्ष पुगेको र भारतीय नागरिक हुन अनिवार्य भएकाले उनको सांसद पद खारेजको माग रिट निवेदकले गरेका छन्।  

भारतीय मतदाता सूचीमा दासको नाम बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारीक वेबसाइट  (डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन) मा रहेको रिटमा उल्ले छ। 

भारतीय भोटर आइडीमा दासका पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्रको नम्बर (भोटर आइडी) ‘आइएजी०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदातन केन्द्रको नाम ‘मैथिली साहित्य परिषद्, मिश्रटोल, दक्षिण भाग’ उल्लेख छ । ‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला– ८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख छ। 

जनवरी १ मा १८ वर्ष पुगेको वा सोभन्दा बढी वर्ष भएको भारतीय नागरिक मात्र भारतीय मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनले गरेको भन्दै रिटमा भारतीय मतदाता दास नेपाली नागरिक नभएकाले सांसद पद खारेजीको माग गरिएको छ । 

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App