८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपतिमा भण्डारीलार्इ नै दाेहाेर्‍याउने एमाले निर्णय

काठमाडौँ – राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ। 

राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दाबी गरेपनि मंगलबार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो। 

भण्डारी २०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी थिइन्।

यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ । 

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App