७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपति उम्मेदवार टुंग्याउन एमालेले बैठक बोलायो

काठमाडौं– राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्तारूढ नेकपा एमालेले मंगलबार स्थायी समितिको बैठक बोलाएको छ । ‘फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको टुंगो सम्भवतः आज (मंगलबार) लगाउनेछौं’, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।

उनका अनुसार बैठकम सरकारको विस्तारदेखि अन्य समसामायिक राजनीतिक विषयमा छलफल हुनेछ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेबारेमा एमालेभित्र छलफल जारी छ । राष्ट्रपतिका लागि वरिष्ठ नेता झलनाथ खनाल पनि इच्छुक देखिएपछि एमालेमा उम्मेदवार चयन गर्नैपर्ने बाध्यता देखिएको छ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App