coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीय संसदको पहिलो बैठक १० मिनेट मात्रै

काठमाडौं– आज सोमवारदेखि शुरु भएको संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठक दश मिनेटमै सकिएको छ । 
सोमवार प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका थिए । कार्यविधि सम्बन्धी प्रस्ताव पेश हुँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा केको आपत्ति भन्दै रुलिङ गरेका थिए । बैठकमा जेष्ठ सदस्य ठाकुरले राष्ट्रपतिबाट संसद बैठक आव्हान भएको पत्र एवं मन्त्रीपरिषद गठन सम्बन्धी पत्रहरु पढेर सुनाएका थिए ।  

सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न खगराज अधिकारी, लक्ष्मणलाल कर्ण, पूर्णाकुमारी सुवेदी, मानबहादुर विश्वकर्मा र उमाशंकर अडगडियालाई बैठकले मनोनित गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक मंगलवार ११ बजे बस्नेछ । 

यसैगरी राष्ट्रिय सभाको बैठक पनि सोमवारै शुरु भएको छ । ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा बसेको राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गरेको छ । 

बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा वैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्ललाई मनोनयन गरेको छ । राष्ट्रिय सभाको बैठकमा पनि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएका थिए । 

 

प्रकाशित: २१ फाल्गुन २०७४ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App