७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवाले वारेस मार्फत उम्मेदवारी दिने

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। अहिले ६ बजेदेखि उम्मेदवारी दर्ता कार्यक्रम छ। प्रतिनिधि सभाको सपथ लिएपछि देउवा सिंहदरबार स्थित संसदीय दलको कार्यालय पुगेका थिए।

देउवाले आफ्नो उम्मेदवारीको लागि मिन विश्वकर्मा र भरत कुमार शाहलाई वारेसनामा दिएका छन्। देउवाको प्रस्ताबक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन्।

देउवाको विरुद्ध प्रकाशमान सिंहले उम्मेदवारी दिने तयारी गरेका छन्।

चीनकाजी श्रेष्ठको संयोजकत्व निर्वाचन समिति रहेको छ। कांग्रेसका ६३ जना सांसद छन्।

 

प्रकाशित: २० फाल्गुन २०७४ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App